कुलमानविरुद्ध दायर गरेको मुद्दाको सुनुवाइ भदौ ८ गते
नेपाल विद्युत् प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कुलमान घिसिङको नियुक्ति खारेजीको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको मुद्दाको सुनुवाइ सरेको छ ।
Advertisement 1
बुधबार न्यायाधीश कुमार रेग्मीको इजलासमा रहने गरी सुनुवाइ मिति राखिएको थियो । तर, बुधबार उक्त मुद्दा हेर्न नभ्याएकाले आगामी भदौ ८ गते मंगलबारलाई अर्को पेशी तोकिएको हो । शाक्यले आफूलाई गैर कानूनी रुपमा कार्यकारी निर्देशक पदबाट हटाएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, उर्जा मन्त्रालय, उर्जामन्त्री, नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति र कार्यकारी निर्देशक कुलमान घिसिङलाई विपक्षी बनाइएको छ ।
आफूलाई राजीनामा गर्न दवाव दिएको तर आफूले राजीनामा नदिएको भन्दै शाक्यले आफूलाई जल तथा उर्जा आयोगको उर्जा विशेषज्ञ सदस्य पदमा नियुक्त गर्ने सरकारको निर्णय गलत भएको दावी गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसाल र प्रधामन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई समेत विपक्षी बनाइएको मुद्दाको अर्को पेशी आगामी मंगलबार तोकिने सर्वोच्च अदालत स्रोतले जनाएको छ।
Advertisement 2
शाक्यले आफूलाई जबर्जस्ती काम गर्न नदिइएको र आफूले कार्यकारी निर्देशकबाट राजीनामा समेत नदिएको हुनाले एकै पदमा दुईजना व्यक्तिको नियुक्ती गैरकानुनी भएकाले उक्त पदमा घिसिङलाई गरिएको नियुक्ती खारेज गर्दै आफूलाई पुनर्बहालीको माग गरेर शाक्यले साउन ३२ गते सोमबार सर्वोच्चमा मुद्दा दायर गरेका थिए।
बुधबार न्यायाधीश कुमार रेग्मीको इजलासमा रहने गरी सुनुवाइ मिति राखिएको थियो। बुधबार उक्त मुद्दा हेर्न नभ्याएकाले आगामी भदौ ८ गते मंगलबारलाई अर्को पेशी तोकिने भएको हो। साउन २५ गते बसेको मन्त्रीपरिषद बैठकले शाक्यलाई ऊर्जा आयोगको पूर्णकालिन सदस्यमा नियुक्ती दिएर घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ती गरेको थियो।