गाउँपालिका अध्यक्षलाई जेल पठाउन प्रहरीलाई अदालतको आदेश

पर्वतको जलजला गाउँपालिका अध्यक्ष विरुद्ध ठगी मुद्दा परेको छ । अध्यक्ष यामवहादुर मल्ललाई ठगी मुद्दामा पक्राउ गरी जेल चलान गर्न जिल्ला अदालत कास्कीले पक्राउ पुर्जी जारी गरेको छ ।

Advertisement 1

लेनदेन मुद्दामा जिल्ला अदालतले गत चैत २७ गते नै मल्लाई ६ महिना कैद सजाय सुनाएको थियो । गाउँपालिका अध्यक्ष मल्ललाई चार महिना बितिसक्दा पनि पक्राउ नगरेपछि अदालतले जिल्ला प्रहरी कार्यालय पर्वतलाई फैसला पत्र लेखी पक्राउ गरि अदालतमा पेश गर्न आदेश दिएको हो ।

ध्रुववहादुर थापा र गाउँपालिका अध्यक्ष मल्लबीचको लेनदेन विवाद अदालत पुगेको थियो । अदालतको ताकेतापछि जिल्ला प्रहरी कार्यालय पर्वतले गाउँपालिका अध्यक्ष मल्ललाई पक्राउ गर्न खोजी थालेको छ ।

Advertisement 2

 

प्रकाशित :२०७८ भाद्र ३, बिहीबार १०:५२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry