यी हुन कार्यक्षमता मुल्यांकनका आधारमा उपसचिवमा बढुवा सिफारिस भएका ६ कर्मचारी

बढुवा समितिको सचिवालयले ६ अधिकृत तहका कर्मचारीलाई उपसचिवमा बढुवा सिफारिस गरेको छ । समितिको मंगलबार बसेको बैठकले नेपाल इन्जिनियरिङ सेवा स्यानिटरी उपसमूहबाट दुई जना र नेपाल इन्जिनियरिङ सेवा इरिगेशन उपसमूहबाट चार जना गरी ६ जनाको नाम सिफारिस गरेको सूचनामा उल्लेख गरिएको छ ।

Advertisement 1


सूचना अनुसार नेपाल इन्जिनियरिङ सेवा स्यानिटरी उपसमूहबाट अमित रंजित र विदुर झा बढुवाका लागि सिफारिस भएका छन् भने इरिगेशन उपसमूहबाट मनोज प्रसाद पटेल, शम्भु राज पण्डित, शुभ्र विजुक्षे र जित नारायण काशिछवाको नाम उपसचिव बढुवाका लागि सिफारिस गरिएको हो ।
६ जना कर्मचारी कार्यक्षमता मुल्यांकनका आधारमा बढुवा सिफारिस भएका हुन् ।

प्रकाशित :२०७८ भाद्र २, बुधबार ०९:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry