अटोमोबाइल व्यवसायीद्वारा मौद्रिक नीतिको स्वागत
अटोमोबाइल व्यवसायीहरुको संगठन नाडाले मौद्रिक नीतिको स्वागत गरेको छ । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले एक विज्ञप्ती जारी गर्दै मौद्रिक नीतिमा गरिएको व्यवस्था अटोमोबाइल व्यवसायीहरुलाई राहत स्वरुप आएको बताएका छन् ।
मौद्रिक नीतिमा विद्युतीय सवारीसाधन खरिदको लागि कायम गरिएको कर्जा धितो अनुपातको विद्यमान सीमा यथावत कायम राख्दै यस्ता सवारी साधनको लागि आवश्यक चार्जिङ स्टेसन स्थापनाका लागि प्रवाह हुने कर्जामा पुनर्कर्जा उपलब्ध हुने व्यवस्था मिलाइने कुराले अटोमोबाइल व्यवसायीहरुलाई राहत पुग्ने देखिएको नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
Advertisement 1
नाडाले भनेको छ, ‘मौद्रिक नीतिमा विद्युतिय सवारी साधन खरिदमा कायम गरिएको कर्जा धितो अनुपातको विद्यमान सीमा यथावत राख्दै सवारी साधनको लागि आवश्यक चार्जिङ्क स्टेशन स्थापनाको लागि प्रवाह हुने कर्जामा पुनर्कर्जा उपलब्ध हुने व्यवस्था मिलाइने छ भनिएको छ ।
यसबाट अटोमोवाइल व्यवसायीहरुलाई केही राहत पुग्ने देखिएको छ । मौद्रिक नीतिमा कोभिड १९ महामारीबाट अति प्रभावित क्षेत्र मध्ये सार्वजनिक यातायात व्यवसायका ऋणीले २०७८ पुससम्म भुक्तान गर्नुपर्ने साँवा तथा व्याज दायित्वको समयावधि एक बर्षसम्म थप गरी कम्तिमा चार किस्तामा भुक्तानी गर्न सक्ने व्यवस्था गरेसँगै यो क्षेत्रलाई केहि राहत मिलेको छ ।’
Advertisement 2