पूर्वमन्त्री साउदद्वारा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री एनपि साउदले पाँचवटा अक्सिजन कन्सन्ट्रेटर मेसिन हस्तान्तरण गरेका छन् ।
शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख दिलबहादुर ऐरलाई बुधबार पाँचवटा अक्सिजन कन्सन्ट्रेटर मेसिन हस्तान्तरण गरेका हुन् । तीन ठूलो र दुई सानो अक्सिजन कन्सन्ट्रेटर मेसिन पूर्वमन्त्री साउदले हस्तान्तरण गरेका छन् । प्रवासी नेपालीहरुको सहयोगमा अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराइएको उनले बताए।
Advertisement 1
सो अवसरमा पूर्वमन्त्री साउदले कोरोनाका सङ्क्रमित बिरामीले अक्सिजन नपाएर ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य हुने बताउँदै अक्सिजन कन्सन्ट्रेटर इमर्जेन्सीका रूपमा प्रयोग हुने भएकाले अस्पतालसम्म बिरामीलाई पु¥याई ज्यान बचाउन सकिने उल्लेख गरे । हावालाई फिल्टर गरी शुद्ध अक्सिजन बिरामीसम्म पु¥याउने कार्य अक्सिजन कन्सन्ट्रेटरले गर्ने भएकाले गम्भीर अवस्थाका बिरामीका लागि यो मेसिनले सघाउ पु¥याउने उनले बताए ।