अन्तत मन्त्रिपरिषद् हेरफेर गर्ने तयारीबाट ब्याक भए मुख्यमन्त्री शाही


कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो मन्त्रिमण्डल हेरफेर गर्ने तयारीबाट व्याक भएका छन् । केही अघि प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता भएसँगै सुरु भएको विवाद अहिले मन्त्रिमण्डल फेरदल गर्ने स्थितीसम्म पुगेको थियो । तर केन्द्रको दबाब पछि उनी आफ्नो तयारीबाट पछि हटेका छन् ।

Advertisement 1


मुख्यमन्त्री शाहीले आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने पक्षका मन्त्रीलाई हटाउने तयारीमा लागेका थिए । उनले सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढालाई हटाउने तयारी थालेका थिए । र त्यहाँ माधव नेपाल पक्षीयलाई मन्त्री बनाउने उनको तयारी थियो । मुख्यमन्त्रीले भने ती दुई मन्त्रीले राजीनामा नदिए उनीहरुलाई बर्खास्त गरेर सांसदहरु चन्द्रबहादुर शाही, करवीर शाही र अम्मरबहादुर थापालाई मन्त्री बनाउने तयारीमा थिए । यी तीनै जना सांसद वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका हुन् । मुख्यमन्त्रीले ती दुबै मन्त्रीलाई राजीनामा दिन भनिसकेका भए पनि प्रम ओलीले ती मन्त्रीहरुलाई राजीनामा दिन हतार गर्न नहुने सुझाव दिएको स्रोतको दावा छ ।अन्तत आफ्ना मन्त्रिमण्डल हेरफेर गर्ने मुख्यमन्त्री शाहीको योजनामा केन्द्र सरकारले हस्तक्षेप गरेसँगै उनी आफ्नो निर्णयबाट व्याक भएको स्रोतको् दावा छ ।

अध्यक्ष ओलीले आफ्ना दुई मन्त्रीलाई राजीनामा नदिन केन्द्रबाट निर्देशन दिए लगत्तै त्यसले नेकपाको आन्तरिक राजनीतिमा थप जटिलता देखिने सम्भावना बलियो बनेपछि मुख्यमन्त्री आफ्नो मन्त्रिपरिषद्मा हेरफेर गर्ने तयारीबाट पछि हटेका हुन्।

प्रकाशित :२०७७ कार्तिक १६, आईतवार १३:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry