पछिल्लो २४ घन्टाको तथ्यांकले के संकेत गर्छ ?
पिसिआर टेस्ट – ९२७९
Advertisement 1
संक्रमित – २५०६
संक्रमण प्रतिशत – २७ %
Advertisement 2
मृत्यु -१७
उपत्यकामा संक्रमित – १२५७ अर्थात ५०.१ %
Advertisement 3
सक्रिय संक्रमित – ३८५८४
होम आइसोलेसन – ३१००८
संस्थागत आइसोलेसन वा अस्पतालमा – ७५७६
क्वारेन्टिनमा – २४१०
यो तथ्यांकले देखाउंछ -..- परीक्षण निकै कम भयो |- संक्रमण प्रतिशत धेरै भयो |- काठमाडौं उपत्याका बिष्फोटक अवस्थामा पुग्यो |
– मृत्युदर बढ्दैछ |
– क्वारेन्टिनमा असुविधाको कारण त्यहाँ बस्ने एकदम न्यून भए |
– संस्थागत आइसोलेसन प्रभावकारी भएनन् |
– यति सानो संख्या होम आइसोलेसन बाहिर हुँदा पनि अस्पतालमा बेड अपुग छ |
– ९६ जना आइसीयुमा तथा ६९ जना भेन्टिलेटरमा हुँदा कसरी आइसीयु प्याक भए ? जब कि सरकारले २६०० आइसीयु र ९०० भेन्टिलेटर छन् भनेको छ |
तथ्यांकले के सल्लाह दिन्छ ?
.- परीक्षण दर जतिसक्यो धेरै बढाउनुपर्छ |
– संक्रमितलाई प्रभावकारी ठाउँमा निगरानी गरेर आइसोलेसनमा राख्नुपर्छ |
– सुविधाजनक आइसोलेसन केन्द्र हरेक वडामा निर्माण गर्नुपर्दछ |
– काठमाडौं उपत्याकामा जनस्वास्थ्यका मापदण्डको अनुगमन तथा निगरानीमा कडाइ गर्नुपर्छ |
– अस्पतालमा दैनिक बेड अडिट गर्नुपर्छ | खालि भएर पनि बेड लुकाउने अस्पताललाई कारबाही गर्नुपर्छ |
– ३ वटा ठूला मेडिकल कलेज, ३ वटा ठूला सरकारी अस्पताल र ३ वटा ठूला प्राइभेट अस्पताललाई कोभिड अस्पतालको रुपमा परिणत गर्नुपर्छ | उपत्यका बाहिर पनि संक्रमितको संख्या अनुसार यस्तै ब्यबस्था गर्नु पर्दछ |
– सेनालाई साधन / स्रोत र स्थान दिएर प्रिफ्याबका अस्थायी अस्पताल बिभिन्न ठाउँमा निर्माण गर्नुपर्छ |
– हरेक बेडलाई अक्सिजन बेडको रुपमा बिकास गर्नुपर्छ |
– हरेक अस्पतालमा अक्सिजन प्लान्ट अनिबार्य गर्नुपर्छ |- हामी आम नागरिक थप अनुशाशित र सरकार थप जिम्मेवार हुनुपर्छ |