प्रहरी हवल्दारले लिइन् ११ लाख घुस, अख्तियारले गर्‍यो पक्राउ

भन्सार चोरी निकासीको अभियोगमा हिरासतमा रहेका व्यक्तिलाई छुटाई दिन्छु भनी सेवाग्राहीसँग घुस रकम लिएको आरोपमा एक प्रहरी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी बृत्त नयाँबानेश्वरमा कार्यरत प्रहरी हवल्दार तारा कुमारी श्रेष्ठ पक्राउ परेकी छन् । आयोगले उनीसहित ओल्ड टाउन क्याफे एन्ड पव रेस्टुरेन्ट चावहिलका सञ्चालक अनिस जोशीलाई आयोगले आइतवार पक्राउ गरेको हो ।

Advertisement 1

आयोगले उनीहरूको साथबाट ११ लाख रुपैयाँ समेत बरामद गरेको छ । उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरजन्य कार्य भएकोले निज तारा कुमारी श्रेष्ठ उपर बिगो रु साठी हजार रुपैयाँ कायम गरी ऐ. ऐनको दफा ३ को उपदफा (१ं) र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिएका छन् ।

प्रकाशित :२०७८ असार ३१, बिहीबार १९:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry