रसुवामा एमाले कार्यकर्ताले जलाए प्रधानन्यायाधीशको पुत्ला
सर्वोच्च अदालतले गरेको फैसलाको विरोधमा रसुवामा एमाले निकट अनेरास्ववियु र युवा संघले राके जुलुस प्रदर्शन गरेको छ ।
Advertisement 1
प्रतिनिधि सभा विघटनलाई बदर गर्दै प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्ने अदालतले राष्ट्रपतिको नाममा परमादेश जारी गरेपछि रसुवाको स्याफ्रुमा बिरोध प्रदर्शन गरिएको हो ।
Advertisement 2
कार्यक्रममा युवाहरूले असंवैधानिक रूपमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेरले बहुदलीय व्यवस्थालाई अनत्य गरि निर्दलीय व्यवस्था बिउत्याउन खोजे भनी घोर विरोध गरियो । युवाहरूको कार्यक्रमलाई साथ दिनको लागि नेकपा (एमाले) जिल्ला अध्यक्ष कर्न्याल लामा र गोसाईकुण्ड गाउपालिका गाउकमिटी अध्यक्ष दावा मिङमार तमाङ र वडा अध्यक्ष सिंगी दिण्डुब तमाङको सहभागी भएको थियो ।
Advertisement 3
निर्दलियताको शुरुवात गर्ने सर्वोच्च अदालतको फैसला विरुद्ध आज सडकमा घन्कीएका नाराहरु निर्दलियता जान्दैनौ ।असंवैधानिक फैसला मान्दैनौ ।। गैह्र न्यायीक फैसला मुर्दावाद । मुर्दावाद ।। मुर्दावाद ।।। अदालतको राजनैतिक हस्तक्षेप मुर्दावाद । मुर्दावाद ।। मुर्दावाद ।।अदालत भित्रका विदेशी मतियार होशियार ।होशियार ।। होशियार ।। प्रचण्ड/शेरेको हतियार । चोलेन्द्र निर्दलीयताको मतियार ।। शेरेलाई बुझ्न काफी छ ।