खोपको अभावमा नागरिक तड्पिनुपर्दैनः प्रधानमन्त्री

नेपालकै सबैभन्दा पुरानो अस्पताल वीर अस्पतालको नवनिर्मित सर्जिकल भवन उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले कोभिड– १९ विरुद्ध लगाइने खोपको अभावमा नागरिक तड्पिनु नपर्ने स्पष्ट पारेका छन् । प्रधानमन्त्री ओलीले अधिकतम् प्रयास गरेर जनताको जिउज्यानको सुरक्षामा गर्न सरकार गम्भीरताका साथ लागिरहेकाले नियमित रूपमा खोप आइरहने विश्वास दिलाए ।

Advertisement 1

प्रधानमन्त्री ओलीले भने, ‘भ्याक्सिन उपलब्ध गराएका छौँ, भ्याक्सिन आइरहेको छ, हिजो आयो, भोलि पनि आउँछ, त्यसपछि पनि आउँछ, जतिसक्दो चाँडो ठूलो संख्यालाई खोप उपलब्ध गराउने कुरामा नयाँनयाँ सम्झौताका लागि प्रयास भइरहेको छ ।’

उनले यस वर्षको अन्तिम ९सन् २०२१० भित्र सबै जनतालाई खोप लगाइसक्ने योजना सार्वजनिक गरे । प्रधानमन्त्री ओलीले भने, ‘अब खोपको अभावबाट हामी तड्पिनुपर्ने अवस्था आउँदैन, केही समय त्यस्तो स्थिति आउला कि जस्तो देखिएको थियो, अब नपाउने स्थिति हामीकहाँ छैन, सबैलाई खोप लगाएर सुरक्षित राख्न सक्छौँ ।’ उनले स्वास्थ्य क्षेत्रमा उपचारका सुविधा बढाउँदै नेपाली जनताको जीवनरक्षामा सरकार सफल हुने विश्वास व्यक्त गरे ।

Advertisement 2

 

प्रकाशित :२०७८ असार २७, आईतवार १३:३३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry