काठमाडौंका प्रजिअलाई कोरोना सङ्क्रमण
फ्रन्ट लाइनमा खटिएका एक पछि अर्काे कर्मचारीहरु कोरोना संक्रमित हुने क्रम बढ्दो छ । केही दिन अघि मात्र मुख्यसचिव शंकरदास बैरागी कोरोना संक्रमणमा परे । यस्तै काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई कोरोना संक्रमण भएको छ । दाहाललाई बुधबार कोरोना संक्रमण पुष्टि भएको हो । टाउको दुखेपछि पिसीआर परीक्षणका लागि स्वाब दिएकोमा रिपोर्ट आज पोजेटिभ आएको हो । उनलाई टाउको दुख्नेबाहेक अरू लक्षण भने देखिएको छैन ।उनको अवस्था सामान्य रहेको छ ।
Advertisement 1
यस्तै दाहालकी श्रीमतीमा पनि कोरोना संक्रमण देखिएको छ । दुबै जना होम आइसोलेसन बसेका छन् ।
प्रकाशित :२०७७ कार्तिक १४, शुक्रबार ०७:०६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%