नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख नाघ्यो

नेपालमा बितेको २४ घण्टामा ३ हजार ६३७ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ ।
Advertisement 1
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् । यससँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ लाख ४८ हजार ५०९ पुगेको छ ।
यस्तै २४ घण्टामा ३ हजार २१५ जना कोरोना संक्रमित निको भएका छन् । यससँगै नेपालमा निको हुनेको संख्या १ लाख २ हजार ८२० पुगेको छ । नेपालमा हाल ४४ हजार ८७७ जना सक्रिय संक्रमित रहेका छन् ।
Advertisement 2
यस्तै २४ घण्टामा नेपालमा २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ८१२ पुगेको छ ।
प्रकाशित :२०७७ कार्तिक ७, शुक्रबार ०६:५९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%