कर्मचारीलाई १२ दिनको पर्यटन बिदा
कर्णाली प्रदेश सरकारले पर्यटकीय क्षेत्रहरूमा आन्तरिक पर्यटन प्रवद्र्वन गर्न र कर्मचारीहरूलाई १२ दिन बिदा उपलब्ध गराउने भएको छ ।
Advertisement 1
सङ्घीय सरकारले कर्मचारीको मनोबल बढाउन पर्यटन खर्चसहित १० दिनको बिदा दिएको छ भने यसैको सिको गर्दै प्रदेश सरकारले पनि कर्मचारीलाई घुमफिरका लागि पर्यटन बिदा उपलब्ध गराएको हो । आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले मङ्गलबार प्रदेशसभामा आर्थिक वर्ष २०७८ / ७९ का लागि रु ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजारको बजेट सार्वजनिक गरेका थिए ।
प्रदेश सरकारले ‘यसपालि घुमौँ कर्णाली’ भन्ने नारालाई व्यावहारिक रूपमा कार्यान्वयन गर्दै कर्णालीलाई आकर्षक, साहसिक र विशिष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न प्रदेश पर्यटन गुरुयोजनाअनुसार एक जिल्ला एक पर्यटकीय क्षेत्र र आसपासका क्षेत्रमा पर्यटन पूर्वाधारहरूको विकास तथा प्रवद्र्धनलाई प्राथमिकता दिइने व्यवस्था गरेको छ ।
Advertisement 2
पर्यटन विकास तथा प्रवद्र्वनका सबै आयोजना कार्यान्वयनका लागि रु २३ करोड १५ लाख बजेट विनियोजन गरिएको छ । बजेटमा ऐतिहासिक, धार्मिक, सांस्कृतिक, प्राकृतिक एवं पर्यटकीय सम्भाव्य स्थलहरूको पहिचान, संरक्षण, जीर्णोद्वार तथा पुनर्निर्माण गरिने बजेट वक्तव्यमा उल्लेख छ ।
मन्त्री शर्माले जनयुद्धकालीन ऐतिहासिक युद्धस्थलहरू कालीकोटको पिली, रुकुम पश्चिमको खारा र जाजरकोटको जुनीमा युद्ध सङ्ग्रहालय निर्माण र अन्य सामरिक स्थानमा सम्भाव्यता अध्ययन गरी युद्ध पर्यटन प्रवद्र्धनका कार्यक्रमहरु सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गरिएको बताए ।
Advertisement 3