फेरि लकडाउन गर्नुपर्ने परिस्थिति नआओस्ः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले समयमै सचेतना अपनाउन आग्रह गरेका छन् ।

Advertisement 1

नेपाल उद्योग वाणिज्य महासङ्घको ५५ औं वार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसका अवसरमा आज राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कोरोना भाइरस पुनः प्रकट भएकामा गम्भीर चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले सबैलाई सचेत रहन तथा सावधानी अपनाउन आग्रह गरे। समयमै सचेतना अपनाऔं, पुनः बन्दाबन्दी गर्नुपर्ने परिस्थिति नआओस्, सङ्क्रमणको गति जसरी पनि रोक्नुपर्छ’, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्धारण गरेका सुरक्षाका उपाय र निर्देशनको पूर्ण पालना गर्नुपर्नेमा जोड दिँदै उनले भने।

प्रकाशित :२०७७ चैत्र २८, शनिबार १६:५२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry