सम्पर्कविहीन सैनिकका परिवारजनसँग समन्वय गर्न ‘हेल्प डेस्क’

काठमाडौं। नेपाली सेनाले कर्तव्य पालनाको सिलसिलामा रसुवास्थित भोटेकोशी बाढीका कारण सम्पर्कविहीन भएका सैनिकका परिवारजनसँग समन्वय गर्ने ‘हेल्प डेस्क’ सञ्चालनमा ल्याएको छ।

Advertisement 1

सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले बाढीमा हराइरहेका सैनिकका परिवारजनसँग सम्पर्क भइसकेको राससलाई जानकारी दिए। यही भदौ १० गते भोटेकोशीमा आएको बाढीमा परी लाङ्टाङ राष्ट्रिय निकुञ्ज र सो क्षेत्रमा रहेका जलविद्युत् आयोजनाको सुरक्षार्थ खटिइएका ४५ जना सैनिक हराइरहेका छन्।

हराइरहेका सैनिकको खोजी निरन्तर भइरहेको सेनाले जनाएको छ। रसुवाको टिमुरेदेखि नवलपुरसम्म खटिइएका सैन्य टोलीलाई हराइरहेका नागरिक र सैनिकका बारेमा जानकारी दिइ खोज तथा उद्धारमा केन्द्रित गराइएको जङ्गी अड्डाले जनाएको छ।

प्रकाशित :२०८३ भाद्र १८, बिहीबार १३:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry