जुरिखेतमा ‘स्कारपियो’ दुर्घटनामा ६ जना घाइते

हेटौँडा। मकवानपुरको भीमफेदी गाउँपालिका– ६ जुरिखेतमा सवारी साधन (स्कारपियो) दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो अनियन्त्रित भएर आज बिहान सडकबाट करिब ६० मिटर तल खोल्सामा खसेको थियो।
Advertisement 1
घाइते हुनेमा जिल्ला अदालत पर्साका मुख्य न्यायाधिश गोकर्ण डाँगी, रजिस्ट्रार र तारादत्त बडु, बडुको श्रीमती ४९ वर्षीया लक्ष्मी बडु, छोरा रितेन्द्र बडु, रिता बडु र गाडी चालक छुनिलाल चौधरी रहेको जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए। घाइतेमध्ये लक्ष्मी बडुको अवस्था गम्भीर रहेको जनाइएको छ। अन्य घाइतेको अवस्था मध्यम रहेको छ। दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी टोली घटनास्थलमा पुगेको छ।
गाडीमा २ जना महिला र ४ जना पुरुष गरी छ जना रहेको जनाइएको छ। घाइतेलाई उपचारका लागि भीमफेदी अस्पताल पठाइएको छ। दुर्घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएक छ।








