फोनिज पत्रकारिता पुरस्कार प्रदान

काठमाडौं। यसवर्षको ‘फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ बाट सरिता श्रेष्ठ, तीर्थमान बल र अविनाश चौधरी सम्मानित भएका छन्।

Advertisement 1

सम्मानित हुने पत्रकारलाई काठमाडौँ महानगरपालिकाका कार्यवाहक नगरप्रमुख सुनिता डङ्गोलले जनही रु २५ हजार नगद प्रदान गरेका थिए।

पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएबापत उनीहरुलाई उक्त नगद राशि प्रदान गरिएको नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घले बताएको छ।

Advertisement 2

त्यसैगरी, फोनिज राष्ट्रिय पत्रकारिता सम्मानबाट संस्थाका पूर्वअध्यक्ष डण्ड गुरुङ र विमला तुम्खेवालाई प्रदान गरिएको छ। पुरस्कारको राशि जनही रु ३१ हजार रहेको छ। त्यस्तै, सोही राशिको ‘फोनिज राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मान’ लहना–नेपाल भाषा साप्ताहिकलाई प्रदान गरिएको छ।

तेस्रो अन्तरराष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनको समापन समारोहमा पत्रकारलाई उक्त नगद राशि प्रदान गरिएको हो।

प्रकाशित :२०८३ श्रावण २८, बिहीबार १३:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry