सुनको मोल तोलामा ८ हजारले वृद्धि

काठमाडौं। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला रु ८ हजारले वृद्धि भई २ लाख ९६ हजार कायम भएको छ। अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला रु २ लाख ८८ हजार थियो।
Advertisement 1
यसैगरी, चाँदीको मूल्य प्रतितोला रु ९५ ले बढेर रु ४ हजार ५७० पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला रु ४ हजार ४७५ मा कारोबार भएको थियो।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस ४ हजार २६५ र चाँदीको मूल्य प्रतिऔँस ६२ अमेरिकी डलर कायम भएको छ।
प्रकाशित :२०८३ श्रावण २१, बिहीबार ११:५३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








