विभिन्न ५ समितिको बैठक बस्दै

काठमाडौं। सङ्घीय संसद, प्रतिनिधिसभा अन्तर्गतका विभिन्न ५ समितिको बैठक आज अलग अलग बस्दैछन्। अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति, राज्य व्यवस्था तथा सुशासन समिति र लेखा समितिको बैठक बस्न लागेको हो।

Advertisement 1

नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्ने प्रस्तावित कार्यसूची रहेको अर्थ समितिको बैठक मध्याह्न १ः०० वजे बस्नेछ भने दिउँसो २ः०० बजेका लागि बस्न लागेको लेखा समितिको बैठकमा समितिमा प्राप्त उजुरीमाथि छलफल हुने सङ्घीय संसद् सचिवालयले जनाएको छ।

यसैगरी, महिला तथा सामाजिक मामिला समितिको आजको बैठकमा साइबर सुरक्षा तथा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा कार्यविधि मस्यौदा तर्जुमा उपसमितिको प्रतिवेदन तथा नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ उपर सैद्धान्तिक र दफावार छलफल हुने छ।

Advertisement 2

यसैगरी, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन ) विधेयक २०८१ माथि छलफल हुने सम्भावित कार्यसूची रहेको छ। ती समितिको बैठक बिहान ११ः०० बजे बस्नेछन्।

प्रकाशित :२०८३ श्रावण १८, सोमबार ११:२६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry