गृहमा खगराज अधिकारी सञ्चारमा नैनकला थापा,अरु को को बन्दैछन् मन्त्री ?

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीवार मन्त्रिपरिषद् विस्तारको तयार गरेका छन् । अहिले प्रधानमन्त्री ओलीसँग ८ मन्त्रालय छ । त्यसमा रक्षा मन्त्रालय आफैंले राखेर ७ वटा मन्त्रालयमा मन्त्रिमण्डल बिस्तारको तयारी गरेका हुन् ।
Advertisement 1
प्रधानमन्त्रीले उद्योग, वाणिज्य तथा आपूर्ति , कृषि तथा पशुपंक्षी विकास, गृह, वन तथा वातावरण, सङ्घीय मामिला तथा सामान्य प्रशासन र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा नयाँ नियुक्त गर्न लागेका हुन् ।
वालुवाटार स्रोतका अनुसार, प्रधानमन्त्री ओलीले सात मन्त्री र एक जना राज्य मन्त्रीलाई नियुक्त गरेका हुन् ।
गृह मन्त्रालय पोखराका खगराज अधिकारीलाई नियुक्त हुँदैछन् भने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा जनता समाजवादी पार्टीका राजकिशोर यादव बन्नेछन् । यस्तै सञ्चारमा नैनकला थापालाई नियुक्ति गर्नै तयारी छ । उनी पूर्वगृहमन्त्री रामबहादुर थापा बादलकी श्रीमती हुन्। वनमा नारदमनि राना, कृषि ज्वालाकुमारी शाह, सामान्य प्रशासनमा गणेश पहाडी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहने गरी मोहन बाँनिया, र आशा विक वनराज्यमन्त्रीमा नियुक्त हुन लागेका हुन् ।
रक्षा मन्त्रालय भने प्रधानमन्त्री आफैँले राखेका छन्।
नयाँ मन्त्रीहरूको शपथ अपराह्न चार बजेका लागि तय भएको छ ।