‘शान्ति बिना लोकतन्त्र सम्भव छैन’

काठमाडौं। राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले शान्ति बिनाको लोकतन्त्र कागजको खोष्टाजस्तै हुने भएकाले लोकतन्त्र मजबुद बनाउन शान्ति र स्थिरता अनिवार्य हुने बताएका छन्।
Advertisement 1
राष्ट्रियसभाको आजको बैठकमा प्रादेशिक सरोकारका विषयमा आफ्ना धारणा राख्दै लोकतन्त्रबिना शान्ति सम्भव छैन, त्यसैले लोकतान्त्रिक मूल्यमान्यता जोगाउनु शान्ति अपरिहार्य रहेको स्पष्ट पारे।
“मुलुकमा देखिएका समस्यालाई सामाजिक सद्भाव र एकताका माध्यमबाटै हल गर्नुपर्ने हुन्छ”, उनले भने, “शान्ति नभएका खण्डमा मान्छे तर्सेर बस्नुपर्ने हुन्छ। त्योबेला लोकतन्त्र कहाँ रहन्छ।” सांसद सिटौलाले सबै धार्मिक सम्प्रदाय, जातीय समुदाय, सांस्कृतिक क्षेत्रमा तमाम व्यक्तित्वहरूसँग सामाजिक सद्भाव कायम गर्न आह्वान गरे।
Advertisement 2
सुनसरीको देवानगञ्ज र सिरहामा हिंसात्मक घटनामा परेर ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरे। उनले सो घटनाका पीडितलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन सरकारसँग माग गरे।








