लागुऔषधसहित ३ जना पक्राउ

विराटनगर। लागुऔषधसहित तीन जनालाई पक्राउ गरिएको छ।
Advertisement 1
झापा, मोरङ र उदयपुर जिल्लाका विभिन्न स्थानबाट अजय सुनार, किरण थापा र खगेन्द्र महत पक्राउ परेका हुन्। उनीहरुलाई क्रमशः १ ग्राम ५८० मिलिग्राम, ३७० मिलिग्राम लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरिएको कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको छ।
चिकित्सकको सिफारिसबिना ट्रामोल १०० क्याप्सुल र स्पास्पेन १०० ट्याब्लेटसहित खगेन्द्र महतलाई नियन्त्रणमा लिइएको छ। पक्राउ परेकाहरुका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाले बताए।
प्रकाशित :२०८३ श्रावण १५, शुक्रबार १५:०५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








