पूर्वप्रशिक्षक श्रेष्ठको निधन
फुटबलका पूर्वप्रशिक्षक हरिबहादुर श्रेष्ठको निधन भएको छ । मुटुको रोगबाट पीडित उनको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा आज उपचारका क्रममा ७५ वर्षको उमेरमा निधन भएको हो ।
Advertisement 1
करिब दुई वर्षअघि मुटुको रोगको उपचार गराएका श्रेष्ठको स्वास्थ्यमा अचानक समस्या आएपछि उपचारका लागि नेशनल मेडिकल कलेज भर्ना गरिएको र उपचारकै क्रममा निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ ।
विसं २००५ मा जन्मिएका श्रेष्ठ जिल्ला खेलकुद विकास समिति पर्सामा ४० वर्ष फुटबल प्रशिक्षकका रुपमा काम गरी सेवानिवृत भएका थिए । जिल्ला फुटबल सङ्घ पर्साले श्रेष्ठको निधनबाट फुटबलका साथै समग्र खेलकुदको क्षेत्रमा अपुरणीय क्षति पुगेको जनाएको छ ।
प्रकाशित :२०८० श्रावण २२, सोमबार १६:११
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%