लघुवित्त पीडितसँग वार्ता गर्न समिति गठन

काठमाडौं। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा समिति गठन गरेका छन्।
Advertisement 1
मन्त्रिस्तरीय निर्णय आज गर्दै उनले गठन गरेको वार्ता समितिका सदस्यमा कानुन मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल रहेका छन्।
वार्ता समितिको सदस्य सचिवमा अर्थ मन्त्रालयका उपसचिव बोलराज आचार्य छन्। समितिको पहिलो बैठक अहिले केही बेरमा अर्थ मन्त्रालयमा बस्दै छ।
Advertisement 2
पीडितसँग आजै वार्ता गर्न समितिलाई अर्थमन्त्री वाग्लेले निर्देशन दिएका छन्। लघुवित्त पीडित गत साता विभिन्न माग राखेर काठमाडौँ आएका छन्।
पीडितले लघुवित्त संस्थाबाट भएको वित्तीय शोषण अन्त्य गर्न, किसानलाई सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउन, लिलामी वा मिनाहा प्रक्रियामा गुमाएका जग्गा फिर्ता गर्नलगायतका माग राखेका छन्।








