डा. गोविन्द केसीसँग वार्ताका लागि मन्त्रालयका सचिव धनगढी पुगे

काठमाडौं। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको निर्देशनमा डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी पुगेका छन्।
Advertisement 1
डा. केसीले उठाएका मागका विषयमा संवाद गरी समाधानको प्रयासस्वरूप सचिव पौडेललाई धनगढी पठाइएको मन्त्रालय स्रोतले जनाएको छ।
सरकार र डा. केसीबीच सहमतिका आधारमा समस्या समाधान गर्ने उद्देश्यले वार्ता प्रक्रिया अघि बढाइएको बताइएको छ। वार्ताको नतिजा र सहमतिको विषय भने सार्वजनिक भइसकेको छैन।
प्रकाशित :२०८३ श्रावण १०, आईतवार १०:३३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








