उपत्यकामा निषेधाज्ञा खुकुलो हुने सम्भावना छः सिडिओ पराजुली

अहिले नेपालमा सङ्क्रमणभन्दा निको हुने दर दोब्बर हुँदै गएको र मृत्युदरसमेत न्यून भएकाले निषेधाज्ञामा केही खुकुलो गर्ने योजना सरकारको रहेको छ ।
कोरोनाको दोश्रो लहर फैलिएसँगै उपत्याकामा वैशाख १६ गतेदेखि लगाइएको निषेधाज्ञा लम्बाएर जेठ मसान्तसम्म पुर्याइएको छ । आगामी असार पहिलो सातादेखि निषेधाज्ञा कसरी अघि बढ्ला ? अझैं कडाई गरिएला वा केही खुकुलो ? आम सर्वसाधरणको चासोको बिषय छ यो बिषय ? हामीले यस बिषयमा जिल्ला प्रशासन कार्यालय काठमाडौंको आगामी निषेधाकाको बारेमा के तयारी छ ? भनेर सोधेका छौं  :-
काठमाडौंका प्रमुख जिल्ला अधिकारी  पराजुलीका अनुसार, धेरै सञ्चारमाध्यममा आएको यातायातलाई जोर बिजोर प्रणालीमा चल्न दिइने भन्ने समाचार अपुष्ट भएको बताउनुभयो । उहाँले महामारीको समयमा तत्काल संक्रमणदर र मृत्युदरमा कमि आए पनि सार्वजनिक तथा निजी यातायातको सन्दर्भमा आफूले केही नभनेको बताउनुभयो ।

Advertisement 1

उहाँले भन्नुभयो ‘निषेधाज्ञा खुकुलो हुने सम्भावना छ । तर, सार्वजनिक यातायात, विद्यालयलगायतका स्थान संक्रमणको हट स्पट रहेकाले सञ्चालन गर्ने या नगर्ने भन्ने विषयमा आइतबार बस्ने बैठकले आधिकारिक निर्णय निकाल्नेछ ।’

पराजुलीले थप्नुभयो ‘अब चार दिन पर्खनुहोस् । उक्त अवधिमा संक्रमणदर कस्तो देखिन्छ सोहीअनुरुप निषेधाज्ञाको मोडालिटीमा परिवर्तन हुनेछ । सम्भवत स् निषेधाज्ञा खुकुलो नै हुन्छ होला ।’

प्रकाशित :२०७८ जेष्ठ २६, बुधबार १३:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry