अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी उजुरी मेलपिमलापबाट फछ्र्याैट

जनकपुरधाम। अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी परेका उजुरीमध्ये हालसम्म १ हजार १८७ वटा गुनासो मेलमिलाप विधिबाट फछ्र्याैट भएको छ।

Advertisement 1

कूल दर्ता भएका ५ हजार २५७ अभियोगमध्ये छलफल विधिबाट पीडितको पक्षमा सुनुवाइ भएको हो। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले सहमति नभएका ९३ मुद्दा अदालतमा पञ्जीकरण गरिएको जानकारी दिए।

छानबिनपछि सहमतिमा रु ३० करोड ८२ लाख ३७ हजार ९२ र २७ बिघा ८ कठ्ठा १८ धुर जग्गा फिर्ता भएको छ। थोरै रकम दिएको तर, धेरै रकमको कपाली तमसुक गरिएकाले दोब्बर तेब्बरसम्म चेक धितो राख्ने प्रवृति रहेको छानबिनका क्रममा भेटिएको बताइन्छ।

Advertisement 2

जनशक्तिको कमीले पहिले दर्ता भएका गुनासो टुङ्गो नलागेकाले जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका उजुरीमा कारबाही प्रक्रिया अघि नबढेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले बताए।

प्रकाशित :२०८३ श्रावण ७, बिहीबार १६:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry