लागुऔषधसहित ४ जना पक्राउ

काठमाडौं। काठमाडौं र मोरङबाट लागुऔषधसहित ४ जना पक्राउ परेका छन्।

Advertisement 1

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार गोकर्णेश्वर नगरपालिका–४ का ४५ वर्षीय दीपक श्रेष्ठ र बझाङको खप्तडछान्ना गाउँपालिका–१ का ३५ वर्षीय सागर जेठारालाई पक्राउ गरिएको हो।

अभियुक्तहरुका साथबाट १३६ ग्राम खैरो हेरोइन र नगद रु १ लाख बरामद भएको छ। सागरका साथबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ट्रामाडोल २ हजार ४९० ट्याब्लेट, टापेन्टाडोल ७ हजार ६२ ट्याब्लेट, नाइट्राजेपाम १ हजार ८८ ट्याब्लेट र प्रिग्याबालिन ९० हजार ट्याब्लेट बरामद भएको छ।

Advertisement 2

मोरङको रङ्गेली नगरपालिका–७ बाट खैरो हेरोइनसहित २ जना भारतीय नागरिक पक्राउ परेका छन्। उनीहरु चारै जना बुधबार पक्राउ परेका हुन्।

प्रकाशित :२०८३ श्रावण ७, बिहीबार १४:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry