जोगियो सुदूरपश्चिम सरकार

 

Advertisement 1

सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिएका छन् । आज भएको मतदानमा भट्टले ३० मत प्राप्त गरे भने विपक्षमा ९ मत मात्रै पर्‍यो ।१२ जनाले भने मतदान प्रक्रियामा सहभागिता जनाएका थिएनन्।

May be an image of 1 person and text

Advertisement 2

५२ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि २७ जनाको समर्थन आवश्यक पर्दछ ।
सो प्रदेशमा नेकपा माओवादी केन्द्रका १३ सांसद छन् । एमालेका २४ सांसद छन् । एमालेका २४ मध्ये १६ सदस्य माधव नेपाल पक्षमा छन्। प्रधानमन्त्री ओली पक्षमा ८ जना मात्रै रहेको बताइएको छ।ने ली कांग्रेसका १२ जना र जनता समाजवादी पार्टी जसपा नेपालका दुई जना प्रदेश सभा सदस्य छन्।

माओवादी नेतृत्व रहेको सूदूरपश्चिम सरकार माधव नेपाल खेमाले काँध थापेपछि जोगिएको हो ।एमालेको माधवकुमार नेपाल पक्षका १७ सांसदले मुख्यमन्त्रीलाई विश्वासको मत दिएका छन्। यहाँ नेपाल पक्षका सांसदको दबदबा छ।

Advertisement 3

सूदुरपश्चिम प्रदेशसभा सभामुख अर्जुनबहादुर थापाले प्रदेश सभामा कायम सदस्य संख्याको बहुमतको समर्थन प्राप्त भएकाले मुख्यमन्त्री भट्टले प्रदेश सभामा विश्वासको मत प्राप्त गरेको घोषणा गरेका छन् ।

 

प्रकाशित :२०७८ जेष्ठ २५, मंगलवार १२:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry