पुर्व सांसद ढकालको पहलमा ५५ करोड ५५ लाख ६२ हजार रकम विनियोजन

रसुवाका विभिन्न सडक स्तरोन्नति गर्न सङ्घीय सरकार र प्रदेश सरकारको साझेदारीमा ५५ करोड ५५ लाख ६५ हजार बजेट विनियोजन गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सिफारिसका आधारमा अर्थ मन्त्रालयले बजेट विनियोजन गरेको हो ।

Advertisement 1

कालिका गाउपालिका अन्तर्गतको धारापानी रुप्सेपानी जिबजिबे ज्याङल्याङ मुडुलेभन्ज्याङ सडक स्तर उन्नती तथा धोबी खोला पुल निर्माणका लागि बजेट विनियोजन भएको हो । कालिका गाउपालिका वडा ३, ४ र ५ का स्थानियलाइ सडकको अत्यान्त कठिन भए पछि सहज पहुचमा जोड्न संविधान सभा सदस्य जनार्दन ढकालको पहलमा बजेट विनियोजन भएको हो ।
उनी निवार्चनमा हार बेहोरे पनि निरन्तर जनताको सेवामा सकृयताका साथ लागिपरेका छन् । साथै यस वर्ष रसुवाका ५ स्थानीय तहले १ अर्ब ८ करोड १९ लाख रुपैयाँ बजेट पाएको छ । सबैभन्दा बढी बजेट नौकुण्ड गाउँपालिकाले पाएको छ भने सबैभन्दा कम बजेट आमाछोदिङ्मो गाउँपालिकाले पाएको छ ।
नौकुण्ड गाउँपालिकाले २४ करोड ९६ लाख,उत्तरगया गाउँपालिकाले २३ करोड ३४ लाख ,कालिका गाउँपालिकाले २१ करोड ११ लाख,गोसाइकुण्ड गाउँपालिकाले २१ करोड ५ लाख बजेट पाउँदा आमाछोदिङ्मो गाउँपालिकाले १७ करोड ७३ लाख बजेट पाएको छ ।

 

प्रकाशित :२०७८ जेष्ठ २४, सोमबार १४:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry