आमाछोदिङमोको अध्यक्षमा एमालेका फुर्पु तामाङको उम्मेदवारी कायम

निर्वाचन आयोगको पत्रपछि रसुवाको आमाछोदिङमो गाउँपालिकाको निर्वाचन अधिकृत कार्यालयले एमालेको अध्यक्ष उम्मेदवार कायमै राखेर यसअघिको सूचना सच्याएको छ ।

Advertisement 1

मंगलवार साँझ निर्वाचन मितिले आयोगको सोही पत्र बमोजिम मनोनयन पत्र दर्ता भएको उम्मेदवारहरूको संशोधित नामावली प्रकाशन गर्दा एमालेबाट उम्मेदवारी दिएका फुर्पु सिंगी तामाङको नाम कायम गरेको हो । सुरुमा गाउँपालिका अध्यक्षमा तेम्ब्रेल तामाङले मनोनयन दर्ता गरेका थिए । तामाङ तत्कालीन नयाँ शक्ति पार्टीबाट समानुपातिकको बन्द सूचीमा रहेको पाइएपछि तत्कालै फुर्पूसिंगी तामाङले मनोनयन दर्ता गराएका थिए ।

आमाछोदिङ्मो गाउँपालिकाका निर्वाचन अधिकृत शान्तिप्रसाद लुइटेलले नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्ष पदमा दुई वटा उम्मेदवार पेश भएको र राजस्व रसिदबाट उम्मेदवार मनोनयन भएको गाउँपालिका प्रमुखका उम्मेदवार फुर्पूसिंगी तामाङको रद्द भएको सूचना प्रकाशित गरेका थिए ।

Advertisement 2

मंगलबार आयोगले मनोनयन दर्ता दिने, उजुरी जाँचबुझ गरी निर्णय गर्नुपर्ने समयभित्र जाँचबुझ गरेपछि मात्र मनोनयन पत्र स्वीकृत एवं खारेजी सम्बन्धी निर्णय गर्न निर्देशन दिएसँगै एमालेबाट पालिका अध्यक्षमा उम्मेदवारी दिएका दुवै जनाको नाम समावेश गरिएको लुइटेलले बताए ।

एमालेबाट पालिका अध्यक्ष पदमा उम्मेदवारी दिएका तेम्ब्रेल तामाङ र फुर्पुसिंगी तामाङबिरुद्ध मंगलबार दाबी बिरोध सम्बन्धि उजुरी परेको उनले बताए । नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबाट उजुरी परेको उनले बताए । आएका दाबी बिरोध सम्बन्धि उजुरीबारे बुधबार र बिहीबार जाँच गरि बिहीबार निर्णय हुने उनले बताए ।

प्रकाशित :२०७९ बैशाख १४, बुधबार ०८:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry