संविधान सभा सदस्य सहित सयौ नेता एमालेमा प्रबेश

रसुवामा दिन प्रति दिन विभिन्न पार्टी परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गर्नेको संख्या बढ्दो छ । जिल्लामा ठूला संख्याका नेता तथा कार्यकर्ताहरु नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र एकीकृत समाजवादी पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन ।

Advertisement 1

रसुवाका संविधान सभा सदस्य तथा पुर्व सांसद प्रेम तामाङसंगै सयौ नेता कार्यकर्ता नेकपा (एमाले)मा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार सांसद तामाङसहित सयौ नेताहरुलाई पार्टी प्रवेश गराएका हुन् । पार्टी प्रबेश गर्दै उनले यो टेलर हो फिलिम अझै बाकी छ सयौ होइन अब हजारौ सङ्ख्यामा पार्टी प्रबेश हुने उनले बताए । उनले थप्दै भने अब रसुवा एमालेकाे लालकिल्ला बन्ने बताए ।

Advertisement 2

प्रेम तामाङ सहित धेरज घले, रासी फिल्मो तामाङ, सुदिप गुरुङ, रमेश घले, सागर तामाङ, देवाङ तामाङ, बुनिमा तामाङ, मिङमार हुजे तामाङ, सिदार तामाङ, पुरुषोतम पौडेल, प्रेम वि.क., गौरव सापकोटा, कामी टासी तामाङ, राजकुमार गलान, पुर्पु तामाङ, होवाङ तामाङ, विकास तामाङ, सरोज कुमार गलान, ठिग्याल्बो घले, अजय तामाङ, सुकमान तामाङ, सरोज घले, हर्दमान तामाङ, विर ब. तामाङ, साङ तेम्पा तामाङ, कामी नाम्ग्याल तामाङ, कमी नगरकोटी, लाक्पा छिरीङ तामाङ, पेन्दोर्जे तामाङ, तेम्पा शिसाङ तामाङ, न्हिमा ग्याल्सन तामाङ, पेम्पा छिरीङ तामाङ, लेजेन तामाङ, दावा तामाङ, नुर्पु नाम्गेल तामाङ, छिरीङ नगरकोटी, टासी किस वाङ्ज्युक, तेन्जी पासाङ तामाङ, दावा तामाङ, लोप्साङ तामाङ, कमी लामा, फुर्पासिंगी तामाङ, दावा सितार तामाङ, ग्याल्बो तामाङ, रिन्जेन दोर्जे तामाङ, तेम्पा छिरीङ तामाङ, तेम्पा छिरीङ तामाङ, कबिन राई प्रबेश गरेका हुन ।


को हुन तामाङ
तामाङ बिद्यार्थीकालिन राजनीतिबाट स्थापित नेता हुन । उनी २०६४ सालको संविधान सभा सदस्य हुन उनले ११ हजार १ सय ४७ मत प्राप्त गरेर बिजयी बनेका थिए ।
भने २०७० सालमा ४ सय ३६ मतले पराजित भएका थिए २०७४ सालमा बाग्मती प्रदेश सभा सदस्य हुन ।
तामाङले २०६४ सालमा २९ बर्षको उमेरले अत्याधिक मतले जित हासिल गरेका थिए ।२०७० सालको निर्वाचनमा तामाङले ६ हजार १ सय ९२ मत प्राप्त गरेका थिए । २०७४ सालमा प्रदेशसभा ख तर्फबाट ७ हजार ४० मत प्राप्त गरेर विजयी विजयी बनेका थिए ।

प्रकाशित :२०८० बैशाख ९, शनिबार १५:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry