चिकित्सक र कर्मचारी आन्दोलित

गोरखा अस्पतलका चिकित्सक तथा कर्मचारी आन्दोलित बनेका छन् ।

Advertisement 1

आइतबार ५० जना कर्मचारी र स्वास्थ्यकर्मीले संयुक्त हस्ताक्ष्र गरी प्रमुख जिल्ला अधिकारी र अस्पताल विकास समिति प्रमुखलाई ज्ञापनपत्र वुझाउँदै डा. शान्ता भुर्तेललाई कारबाहीको माग राखेका हुन् । मेडिकल प्रमुखको आचरण, व्यवहार र कार्यशैलीले अस्पताल लथालिङ्ग बनेको ज्ञापनपत्रमा उल्लेख छ ।

अस्पताल प्रमुखले पटकपटक करारका कर्मचारीका जागिर खाइदिने र सरकारी कर्मचारीलाई सरुवा गरिदिन्छु भन्दै धम्की दिने गरेको गोरखा अस्पताल विकास समिति कर्मचारी युनियनका इकाइ कार्यसमिति अध्यक्ष चिजकुमार श्रेष्ठले बताए । अस्पतालका कर्मचारीलाई ‘आफू धनी र अरु गरिब’ भन्ने विभेदपूर्ण शब्दको प्रयोग गरेकोमा पनि चिकित्सक र कर्मचारीले असन्तुष्टि जनाएका छन् । अस्पताल मातहतका कर्मचारीलाई निजी काममा लगाएको, अस्पतालको गाडी निजी प्रयोजनका लागि प्रयोग गरेको पनि प्रजिअलाई बुझाएको ज्ञापनपत्रमा अस्पताल प्रमुखमाथि आरोप लागेको छ ।

Advertisement 2

 

प्रकाशित :२०७८ जेष्ठ २३, आईतवार १४:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry