स्वास्थ्य मन्त्रालयले भन्योः जोखिम भत्ता पाउनेको तलबी भर्पाइसहित नाम पठाउनू

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५० प्रतिशित जोखिम भत्ता उपलब्ध गराउन लागेको छ । मन्त्रालयले सरकारी आइसोलेसन सेन्टर, कोभिड १९ प्रयोगशाला र कोभिड उपचार केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरूको नामावली पठाउन निर्देशन दिएको छ ।
Advertisement 1
मन्त्रालयका अनुसार जेठ ५ गतेको चलानी नम्बर ९३७ पत्रमा माग गरिएको विवरण उल्लेख गर्न भनिएको छ । आइसोलेसन सेन्टर वा उपचार गर्दाको सम्झौता र निर्णय, बिरामीहरूको रियल रिपोर्टिङ, ड्युटीमा खटिएकाहरूको लिस्ट र ड्युटीमा खटिएकाहरूको तलबी भर्पाइ सूची पठाउन मन्त्रालयले निर्देशन दिएको हो । सबै सरकारी अस्पताल, प्रदेश मातहत र स्थानीय तहमा सञ्चालित सबै उपचार केन्द्रलाई विवरण पठाउन भनिएको नीति योजना तथा अनुगमन महाशाखा प्रमुख गुणराज लोहनीले जनाएका छन् ।
प्रकाशित :२०७८ जेष्ठ २३, आईतवार १४:२१
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%