यस्तो छ सुनचाँदीको मूल्य

काठमाडौं। स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु तीन सयले बढेको छ। यस्तै, चाँदीको मूल्य तोलामा रु २५ ले घटेको छ।
Advertisement 1
सोमबार प्रतितोला रु २ लाख ९८ हजार २०० मा कारोबार भएको छापावाला सुन आजका लागि भने रु २ लाख ९८ हजार ५ सय निर्धारण भएको छ। यस्तै, सोमबार प्रतितोला रु ५ हजार १५ मा कारोबार भएको चाँदी आजका लागि भने रु ४ हजार ९९० निर्धारण भएको छ।
अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंश ४ हजार ३२७.६६ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
प्रकाशित :२०८३ असार २, मंगलवार १२:१८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








