सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौं। विगत केही दिनदेखि उतारचढाव भएको सुनको मूल्य आज स्थिर छ। चाँदीको मूल्य केही घटेको छ।

Advertisement 1

नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज १ तोला सुनको मोल रु ३ लाख ११ हजार ३०० कायम भएको छ। मङ्गलबार पनि यही मूल्यमा कारोबार भएको थियो।

आज १ तोला चाँदी रु ५ हजार ३७० मा खरिदबिक्री भइरहेको छ। हिजो त्यति नै परिमाणको सेतो धातु रु ५ हजार ४०५ मा किनबेच भएको थियो।

Advertisement 2

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज १ औँस सुन ४ हजार ४८७ र त्यति नै परिमाणको सेतो धातुको ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित :२०८३ जेष्ठ २०, बुधबार ११:१८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry