स्वास्थ्यमन्त्री मेहताद्वारा सरसफाइ सप्ताह अभियानको शुभारम्भ

काठमाडौं। सरकारले सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउने उद्देश्यले आजदेखि ‘राष्ट्रिय सरसफाइ सप्ताह’ सुरु गरेको छ।
Advertisement 1
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले आज बिहान वीर अस्पतालमा पुगी सप्ताहको शुभारम्भ गरीन्। उनले आफैँले कुचोले फोहर सफाइ गर्दै अभियानको शुभारम्भ गरेकी ह। मन्त्री मेहताले सफाइ अभियान मुलुकभरका सरकारी अस्पताल र सरकारी कार्यालयमा सञ्चालन गरिने बताइन्।
उनले भनीन्, “अस्पतालमा पहिलेको तुलनामा धेरै सुधार भएको छ, बिरामीको उपचारमा विशेष ध्यान दिएका छौँ। अस्पतालमा ‘डिजिटल’ प्रणालीमार्फत सेवा प्रवाहको व्यवस्था मिलाएका छौँ।”
Advertisement 2
मन्त्री मेहताले स्वास्थ्य बिमा कार्यक्रमलाई थप सहज बनाउनका लागि छलफल भइरहेको समेत उल्लेख गरीन्। उनका अनुसार आज एकै समयमा मुलुकभरका सबै अस्पतालमा सरसफाइ अभियान सुरु गरिएको छ।
त्यस अवसरमा प्रतिनिधिसभा सदस्य केपी खनालले अस्पतालमा बाहिर प्लाष्टिकको फोहोर भेटिएको विषयमा सम्बन्धित निकायलाई जानकारी गराउँदै आगामी दिनमा अस्पतालले प्रशासनले सफाइमा ध्यान दिनुपर्ने बताए।
Advertisement 3
कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव डा विकास देवकोटा, वीर अस्पतालका निमित्त निर्देशक प्रा डा प्रभा कोइरालालगायतको सहभागिता थियो।
सरकारले आजदेखि सङ्घ, प्रदेश र स्थानीय तहअन्तर्गतका सबै सरकारी कार्यालयमा सरसफाइ सप्ताह सुरु गरेको हो। अभियान आगामी जेठ १ गतेसम्म सञ्चालन गरिनेछ। अभियान सञ्चालन गर्नका लागि सरकारले सरसफाइ सप्ताह सञ्चालनसम्बन्धी मार्गनिर्देशन, २०८३ समेत जारी गरेको छ।
सरकारले सबै सरकारी निकाय तथा शैक्षिक संस्थामा स्वच्छ, स्वस्थ र व्यवस्थित वातावरण कायम गर्र्न, सरसफाइसम्बन्धी आचारण विकास गर्नका लागि सरसफाइ अभियान सुरु गरेको हो।












