कोरोनाले एकै घरका दाजुभाइको मृत्यु

कोरोना संक्रमणले एकै परिवारका दुई दाजुभाइको चार दिनको फरकमा ज्यान गएको छ ।
Advertisement 1
उदयपुर रौतामाई गाउँपालिका ७ मुर्कुचीका ५० वर्षीय पुस्कल मस्राङ्गी मगर, ४५ वर्षीय तुलबहादुर मस्राङ्गी मगरको चार दिनको फरकमा ज्यान गएको हो । श्वासप्रश्वासमा समस्या देखिएपछि पुस्कललाई विराटनगरस्थित नोवेल शिक्षण अस्पताल र तुलबहादुरलाई विराट मेडिकल कलेजमा उपचार भएको थियो ।
उपचारकै क्रममा १५ गते राति तुलबहादुरको ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले जानकारी दिए । उनको शव १६ गते गाउँमै ल्याएर व्यवस्थापन गरिएको थियो । परिवारको सदस्यको मृत्युपछि काजकिरिया सुरु भएको तेश्रो दिन जेठ १८ गते जेठो दाजु पुस्कलको पनि नोवेल अस्पतालमा मृत्यु भएको सुवेदीले जानकारी दिए ।
Advertisement 2
प्रकाशित :२०७८ जेष्ठ १९, बुधबार १५:४५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%