छात्रवृत्तिका लागि अक्षयकोष स्थापनाको सम्झौता

कर्णाली। मध्यपश्चिम विश्वविद्यालय र वीरेन्द्रनगर नगरपालिकाबीच रु २ करोड २२ लाख २२ हजार राशिको अक्षयकोष स्थापनाको सम्झौता भएको छ।
Advertisement 1
अक्षयकोष स्थापनासम्बन्धी सम्झौतापत्रमा आज उपकुलपति प्रा डा ध्रुवकुमार गौतम र नगरप्रमुख मोहनमाया ढकालले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार मध्यपश्चिम विश्वविद्यालयमा अध्ययन गर्ने वीरेन्द्रनगर नगरपालिका क्षेत्रका गरिब तथा जेहेन्दार विद्यार्थीलाई अक्षयकोषको रकमबाट प्राप्त हुने ब्याज छात्रवृत्तिका रुपमा प्रदान गरिने छ।
प्रकाशित :२०८३ बैशाख १०, बिहीबार १३:०८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%















