सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं। स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट भएको छ। सुन प्रतितोला रु ८०० र चाँदी रु ३० ले घटेको हो।

Advertisement 1

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु ३ लाख ५ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु ५ हजार १३० कायम भएको छ।

हिजो मङ्गलबार छापावाल सुनको मोल प्रतितोला रु ३ लाख १ हजार ३०० र त्यति नै परिमाणको चाँदी रु ५ हजार १६० मा कारोबार भएको थियो।

Advertisement 2

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा १ औँस सुन ४ हजार ७५५ र त्यति नै परिमाणको चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित :२०८३ बैशाख ९, बुधबार ११:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry