पोखरा महानगरमा सबै वडामा विपद् प्रतिकार्यकर्ता तयार

कास्की। पोखरा महानगरपालिकाले विपद् तथा जोखिम न्यूनीकरण केन्द्र (डिआरआरसी) सञ्चालनमा ल्याएको छ।

Advertisement 1

पोखरा–९ शान्तिवनस्थित दमकल कार्यालयमा परिसरमा केन्द्र रहेको छ। महानगरले रु ५ करोड २१ लाख लागतमा महानगर प्रहरी कार्यालय र केन्द्रको भवन निर्माण गरेको हो। केन्द्र नयाँ वर्षको दिन मङ्गलबारदेखि सञ्चालनमा ल्याइएको हो।

पोखरामा प्राकृतिक विपद्का घटना बढ्दै गएको सन्दर्भमा विपद्् तथा जोखिम न्यूनीकरण केन्द्रू स्थापना गरिएको हो। केन्द्रले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउने तथा बाढी, पहिरो, डढेलोलगायत सम्भावित विपद्का घटनामा पूर्वतयारी, उद्धार तथा राहत व्यवस्थापनमा समन्वयकारी भूमिका निर्वाह गर्नेछ। पोखरासमेत विपद्जन्य घटनाको उच्च जोखिममा रहेको क्षेत्र हो।

Advertisement 2

प्रहरी तथा डिआरआरसी एकै स्थानमा रहेकाले महागनरमा विपद् व्यवस्थापन तथा शान्ति सुरक्षा कायम गर्न तथा विपद् सामग्रीको भण्डारण गर्न सहयोग पुग्ने महागनर प्रमुख धनराज आचार्यले बताए। उनका अनुसार केन्द्रमा प्रविधि जडान गरी जोखिमयुक्त क्षेत्रहरूको निगरानी, सूचना सङ्कलन र विश्लेषण गरिने छ।

पोखरा महानगर विपद्का हिसाबले जोखिम क्षेत्र रहेको छ। यहाँका तालतलैया, गुफा, सेती नदीलगायत नदीहरूमा बर्सेनि प्राकृतिक विपद्का घटना हुने गरेका छन्। महानगर प्रमुख आचार्यले प्राकृतिक र गैरप्राकृतिक विपद्बाट हुने जनधनको क्षति कम गर्न महानगरले योजनाबद्ध हिसाबले काम गरेको बताए।

Advertisement 3

“विपद्जन्य घटनामा प्रभावकारी उद्धार र परिचालनका लागि केन्द्रले एकै ठाउँबाट काम गर्नेछ। विपद् उद्धारका लागि आवश्यक दमकल, एम्बुलेन्स, उद्धार टोली र राहत सामग्रीको समन्वय अब एउटै केन्द्रबाट हुनेछ”, आचार्यले भने।

महानगरका अनुसार ३३ वटै वडामा वडास्तरीय विपद् व्यवस्थापन समिति गठन गरेर स्थानीय समुदायलाई पहिलो प्रतिकार्यकर्ताका रूपमा तयार पारिएको छ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले पोखरा विपद् जोखिमका हिसाबले संवेदनशील रहेको बताए। यहाँका खोँच, नदी, तालहरूका कारण जोखिम बढी रहेकाले सञ्चालनमा ल्याइएको विपद् जोखिम न्यूनीकरण केन्द्रले अप्ठ्यारो र सङ्कटको अवस्थामा प्रभावकारी काम गर्ने विश्वास व्यक्त गरे।
–––

प्रकाशित :२०८३ बैशाख २, बुधबार ११:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry