जिल्ला अस्पताल निरीक्षणमा स्वास्थ्य मन्त्री

सुनसरी। स्वास्थ्य तथा जनसङ्ख्या तथा खानेपानी मन्त्री निशा मेहताले यहाँस्थित जिल्ला अस्पतालको निरीक्षण गरेर सेवा प्रवाहबारे जानकारी लिएकी छन्।

Advertisement 1

त्यस अवसरमा उनले सबैलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सरकार क्रियाशील रहेको बताइन्। साथै मन्त्री मेहताले सेवा भावनाका साथ बिरामीको उपचार गर्न चिकित्सक एवं स्वास्थ्यकर्मीहरूलाई आग्रह गरीन्। उनले सेवाग्राहीसँग पनि कुराकानी गरेका थिए।

आजै मन्त्री मेहताले इटहरीस्थित सामुदायिक स्वास्थ्य संस्था तथा धरानमा रहेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निरीक्षण गर्ने कार्यक्रम रहेको जनाइएको छ।
–––

प्रकाशित :२०८२ चैत्र २५, बुधबार १३:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry