सुनचाँदीको मूल्य वृद्धि

काठमाडौं। स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य वृद्धि भएको छ। सुन प्रतितोला रु ७ हजार २०० र चाँदी तोलामा रु २०५ ले वृद्धि भएको हो।

Advertisement 1

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु २ लाख ९९ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु ५ हजार २५ कायम भएको छ। हिजो मङ्गलबार छापावाल सुनको मोल प्रतितोला रु २ लाख ९१ हजार ८०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ८२० कायम भएको थियो।

गत सोमबार छापावाल सुनको मोल प्रतितोला रु २ लाख ९१ हजार ४०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ७८० कायम भएको थियो।

Advertisement 2

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ८७० र त्यति नै परिमाणको चाँदी ७८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
–––

प्रकाशित :२०८२ चैत्र २५, बुधबार ११:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry