‘सकारात्मक परिवर्तनमा कांग्रेसको समर्थन रहनेछ’

काठमाडौं। सुशासन र समृद्धिको अनुभूतिमा कमी देखिएको उल्लेख गर्दै नेपाली कांग्रेसले सकारात्मक परिवर्तनका लागि सरकारलाई समर्थन गर्ने जनाएको छ।

Advertisement 1

राष्ट्रिय सभाको आजको बैठकमा नेपाली कांग्रेसका सांसद रञ्जित कर्णले संविधानले अधिकार सुनिश्चित गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा जनताले अपेक्षित परिणाम नपाएको बताए। उनले नीतिगत ढिलासुस्ती तथा भ्रष्टाचार नियन्त्रणमा कमजोरी देखिएको उल्लेख गर्दै वैदेशिक रोजगारी बाध्यता बन्दै गएको बताउँदै शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा सुनिश्चित हुन नसकेको बताए।

सांसद कर्णले भने, “कांग्रेससँग अनुभव, ऊर्जा र नवप्रवर्तनको सोच छ र नयाँ सरकारसँग पनि ऊर्जा र नवप्रवर्तनको इच्छाशक्ति छ। यी दुईको संयोजनले देशलाई सही दिशा दिन सक्नेमा विश्वस्त छु।”

Advertisement 2

उनले सकारात्मक परिवर्तनका लागि कांग्रेसको पूर्ण समर्थन रहने स्पष्ट पार्दै देश र लोकतन्त्रको हितमा हुने हरेक कदममा साथ दिने तथा जनहितविपरीत हुने कार्यको प्रतिवाद गर्ने बताए।
–––

प्रकाशित :२०८२ चैत्र २३, सोमबार १४:२०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry