सुनचाँदीको मूल्य आज पनि बढ्यो

काठमाडौं। स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य बढेको छ। सुन तोलामा रु ७ हजार ४०० र चाँदी रु १०० ले बढेको हो।

Advertisement 1

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु २ लाख ९७ हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ९४५ कायम भएको छ।

हिजो मङ्गलबार छापावाल सुनको मोल प्रतितोला रु २ लाख ९० हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु ४ हजार ८४५ कायम भएको थियो। सोमबार छापावाल सुनको मोल प्रतितोला रु २ लाख ८३ हजार ५०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ७०० मा कारोबार भएको थियो।

Advertisement 2

गत आइतबार छापावाल सुनको मोल प्रतितोला रु २ लाख ८६ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु ४ हजार ७२० कायम भएको थियो।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा १ औँस सुन ४ हजार ७०५ र त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
–––

प्रकाशित :२०८२ चैत्र १८, बुधबार ११:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry