५५ हजार स्वास्थ्य स्वयंसेवीहरुलाई खुसीको खबर :- बढ्यो शतप्रतिशत भत्ता

अर्थ मन्त्री विष्णु पौडेलले आर्थिक बर्ष २०७८ /  ७९ को बार्षिक आय व्यय विवरण (बजेट) सार्वजनिक गरेका छन् । स्वास्थ्य स्वयंसेविकाले अबदेखि १२ हजार यातायात भत्ता पाउने भएका छन् । अर्थमन्त्री बिष्णु पौडेलले ५५ हजार स्वास्थ्यसेविकाहरुले पाउने भत्तालाई बढाएर १२ हजार पुर्याएका हुन् । यसअघि यस्तो भत्ता ३ हजार थियो  ।महिला स्वास्थ्य स्वयंसेविकाको भत्ता सत प्रतिशत बृद्धि गरिएको हो ।

Advertisement 1

यस्तै,सरकारले कोरोना संक्रमितको उपचारमा खटिने करारका स्वास्थ्यकर्मीहरुलाई ५० प्रतिशत भत्ताको व्यवस्था गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८÷७९ का लागि बजेट प्रस्तुत गर्दै कोरोना संक्रमितको उपचारमा खटिने करारका स्वास्थ्यकर्मीलाई ५० प्रतिशत भत्ताको व्यवस्था गरिएको जानकारी दिनुभयो ।

 

प्रकाशित :२०७८ जेष्ठ १५, शनिबार १६:४३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry