महामारीका बेला जीवन रक्षा नै ठूलो प्राथमिकता– अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/०७९ को बजेट भाषण पढ्न शुरू गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारबाट अर्थमन्त्रीले बजेट भाषण शुरू गरेका हुन् ।

Advertisement 1

आजै मात्र राष्ट्रपति विद्यादेवी भण्डारीले बजेट सम्बन्धि तीन वटा अध्यादेश जारी गरेकी थिइन्। संविधानको धारा ११४ को उपधारा १ अनुसार राष्ट्रपति भण्डारीले आर्थिक अध्यादेश, विनियोजन अध्यादेश र राष्ट्र ऋण उठाउने अध्यादेश जारी गरेकी हुन् ।

अर्थमन्त्री विष्णु पौडेलले सरकारले जीवन रक्षालाई सबैभन्दा पहिलो प्राथमिकतामा राखेको बताएका छन्। बजेट प्रस्तुत गर्दै मन्त्री पौडेलले कोभिडका कारण विकास र सम्बृतिमा गम्भीर असर परेको पनि बताए। श्रमिकले काम र रोजगारी गुमाएका छन्। संकटको यस समयमा जीवन रक्षालाई सबैभन्दा ठूलो प्राथमिकता मानेको छ,पौडेलले भने।

प्रकाशित :२०७८ जेष्ठ १५, शनिबार १६:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry