आर्थिक वर्ष २०७८/७९ को बजेट भाषण शुरु

aartha manrti

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/०७९ को बजेट भाषण पढ्न शुरू गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारबाट अर्थमन्त्रीले बजेट भाषण शुरू गरेका हुन् ।

Advertisement 1

आजै मात्र राष्ट्रपति विद्यादेवी भण्डारीले बजेट सम्बन्धि तीन वटा अध्यादेश जारी गरेकी थिइन्। संविधानको धारा ११४ को उपधारा १ अनुसार राष्ट्रपति भण्डारीले आर्थिक अध्यादेश, विनियोजन अध्यादेश र राष्ट्र ऋण उठाउने अध्यादेश जारी गरेकी हुन् ।

शनिबार मध्यान्ह बसेको मन्त्रिपरिषदको बैठकले बजेटका लागि आवश्यक ३ वटा अध्यादेशका लागि राष्ट्रपति समक्ष सिफारिस गरेका थियो ।

प्रकाशित :२०७८ जेष्ठ १५, शनिबार १६:२६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry