१०९ किलो गाँजा प्रहरीको नियन्त्रणमा

महोत्तरी। महोत्तरीको रामगोपालपुर नगरपालिका–८ बाट नेपाल प्रहरीले १०९ किलोग्राम गाँजासहित १ भारतीय नम्बर प्लेटको कारलाई नियन्त्रणमा लिएको छ।
Advertisement 1
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एवं प्रहरी उपरीक्षक हेरम्ब शर्माका अनुसार सहसौला चोक नजिकबाटै २० वटा पोकामा लुकाएर भारततिर लैजाँदै गरको अवस्थामा डिएल १ सीओ ५८६९ नम्बरको भारतीय कार नियन्त्रणमा लिइएको हो।
गएराति करिब ११ बजे पूर्वपश्चिम लोकमार्ग हुँदै भारततर्फ गाँजा लैजाँदै गरेको गोप्य सूचनाको आधारमा लागु औषध ब्युरो र ईलाका प्रहरी कार्यालय रामगोपालपुरबाट खटिएको प्रहरी टोलीले गाँजासहित कार नियन्त्रणमा लिएको थियो।
Advertisement 2
कार चालक फरार रहेको प्रहरीको भनाइ छ। प्रहरीले बरामद गाँजा र कारलाई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरी उपरीक्षक शर्माले बताए।
प्रकाशित :२०८२ चैत्र १, आईतवार १३:०३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%














