यसरी पराजित भए एमाले उपाध्यक्ष पृथ्वीसुब्बा

अञ्जनकुमार। नेपालीमा एउटा उखान छ ’किन चाउरिस मरिच आफ्नै रागलेझ भने जस्तो घमण्डको रापले अर्कालाई सकाउछु भन्दा आफू सकिएको पत्तै भएन अहिले ठुला भनिएका दलहरुलाई। हेभीवेटका रुपमा परिचित नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष तथा लमजुङका लागि नेपाल एमालेका उम्मेदवार पृथ्वीसुब्बाले आफु पराजित हुन्छु भनेर किन्चित् ठानेका थिएनन्। भन्थे आच्छ्यु खाए बाच्छ्यु खाए झुसे बारुलो भन्ने टुक्का नठोकेका पनि होइनन् तर निर्वाचन परिणाम आफ्नो अनुकुल नबनेपछि, भाद्र २३–२४ गतेको जेन्जी आन्दोलनले उनीमाथि लागेको आरोप परास्त गर्न खोजिएको प्रयास बिफल भयो।
Advertisement 1
काङ्ग्रेसका उम्मेदवार गमप्रसाद गुरुङ खासै चर्चित उम्मेदवार थिएनन्। पुर्वी लमजुङका कयौले उनको नामै नसुनेका। पार्टीमा पनि उनको खासै भूमिका नरहेको। १४ औ जिल्ला अधिवेशनमा हाल गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री टकराज गुरुङसग जिल्ला सभापतिमा पराजित भएका। नेकपाले बेसीशहर नगरपालिकाको उपमेयरमा समेत अत्यधिक मतले पराजित भएका हरिजङ तामाङलाई उठाएका। अन्य दलको त लेखाजोखा हुने कुरै भएन।सागठानिक हिसाबले पनि एमाले बलियो शक्ति थियो लमजुङमा। स्थानीय सरकारमा पनि बलियो पकड। मस्र्याङ्दी र क्व्होलासोथर जस्ता एमालेको लालकिल्ला तर त्यही किल्लामा पृथ्वीसुब्बा गुरुङ जिल्ल परे। रास्वपाले मस्र्याङ्दी पालिकामा एमालेलाई दोस्रो स्थानमा थन्काइदियो। चुनाव जित्ने सतप्रतिशत जस्तै ढुक्क भएका सुब्बाले आफ्ना वरिपरि घुम्नेलाई दानापानीको पनि राम्रै व्यवस्था गरेको हल्ला थियो। जसको मानो खानु उसको गुनगान गाउनु भएन यसपालि। ०७९ को तथ्यांकलाई उल्टाइपुल्टाई गर्दा थोरैमा पनि हजार पन्ध्र सयले चुनाव जित्ने जिल्ला इन्चार्ज तथा केन्द्रिय सदस्य जमिन्द्रमान घलेको रिपोर्टिङ थियो। तसर्थ हौसिएका गुरुङ चुनावी अभियानमा पहिला जस्तो ठुस्केर हैन मस्केर हाँस्न बोल्न नाँच्न थालेका थिए।
क्व्होलासोथरमा २५ सय र मस्र्याङ्दीमा १५ सयदेखि २ हजार, दोर्दीमा ४–५ सयले लिड गर्ने आकाडा बनाएर चुनाव जितिन्छ भन्ने सोचेको एमालेले रास्वपालाई प्रतिस्पर्धी नै ठानेन। रास्वपाले खुवै बढाए ८–१० हजार मत बढाउला, २०७९ को निर्वाचनमा ९ हजार मत ल्याएको रास्वपाले ११ हजारनै बढाएपनि चुनाव नजित्ने एमालेको विश्लेषण थियो। ०७९ मा ३४ हजार मत ल्याएर जितेको हिसाब निकाल्दै बसेको एमाले आफू सकिएको अनि पछिल्लो समय पृथ्वीसुब्बा कति अलोकप्रिय बन्दैछन भन्ने भेउ पाउनै सकेन। चुनावको मुखैमा आएर गुरुङका पिए बिक्र्म न्यौपानेका आफन्तले धमाधम एमाले छोडेर हराउन लागेकाको हिसाब नै आएन। आरामले चुनाव जितिन्छ भनेर सपना देखेका एमालेले आफ्ना कार्यकर्ता भाँडिएको पत्तै पाएन।
Advertisement 2
एमालेका मेयर उपमेयर सहित बहुमत वडा मात्रै नभएर दुईजना केन्द्रिय सदस्य रहेको बेसीशहर नगरपालिकामा पनि घण्टीको सुनामीले एमाले पखालिन पुग्यो। लमजुङमा खसेको ७५ हजार ४६० मतमा झण्डै आधा जति मत ३३ हजार ८९८ पाएर रास्वपाका धर्म केसी विजयी बने। ३० हजार मत ल्याउने ठोकुवा गरेको एमालेले त्यसको आधा जति मत पायो। ०७९ मा ९ हजार ३३ ल्याएर तेस्रा भएका केसी अहिले भारी मतले पहिलो बन्न सफल भए। काङ्ग्रेसका गम प्रसाद गुरूङले १६ हजार ५६९ ल्याउदा नेकपाका हरिजङ तामङले भने ३ हजार ३७१ मत मात्रै प्राप्त गरे। ०७९ को निर्वाचनमा समानुपातिक मत नै ६ हजार ४८३ ल्याएको तत्कालीन माओवादीले अहिले आफ्नो धरौटी गुमायो। १जना स्वतन्त्र सहित १२ जना उम्मेदवार रहेका लमजुङमा नेपाल मजदुर किसान पार्टीकि उम्मेदवार गुजेश्वेरी प्रजापति मगजुले जम्मा १२ मत प्राप्त गरेकी थिइन।














